Add to WishlistRemove from Wishlist
Add to Wishlist
नेपालीमा पवित्र कुरान
४९) र कर्मपत्र माझमा राखिनेछ, तब तिमीले त्यसबाट पापीहरूलाई भयभीत भएको देख्नेछौ र तिनीहरूले भन्नेछन् कस्तो अफशोच यो कस्तो किताब हो कि न सानो कुरोलाई छोडे्छ न ठूलोलाई, र जो कर्म गरेका हुन्छन् सबैलाई त्यसमा पाउनेछन्, र तिम्रो पालनकर्ताले कसैमाथि अन्याय वा अत्याचार गर्नेछैन ।
५०) र जब हामीले फरिश्ताहरूलाई आदेश गर्यौं कि आदमलाई ढोग, त सबैले ढोगे तर इब्लीसले ढोगेन । त्यो जिन्नहरूमध्येको थियो, र त्यसले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गर्यो । के फेरि पनि तिमीले त्यसलाई र त्यसको सन्तानलाई म बाहेक मित्र बनाउँछौ, जबकि तिनीहरू तिम्रा शत्रु हुन् । यस्ता अत्याचारीहरूको निम्ति नराम्रो प्रतिफल छ ।
५१) मैले उनीहरूलाई नत आकाशहरू र न पृथ्वीको सृष्टि गर्ने बेलामा बोलाएको थिएँ र न स्वयं तिनीहरूको सृष्टि गर्नेबेलामा, र म मार्गबाट विचलित गराउनेहरूलाई आफ्नो मद्दतगार बनाउँनेवाला पनि थिएन ।
५२) र जुनदिन अल्लाहले आदेश गर्नेछ । कि (अब) तिम्रो विचारमा भएको मेरा साझेदारहरूलाई बोलाऊ, अनि तिनीहरूले उनलाई बोलाउने छन्, तर तिनीहरूमध्ये कसैले कुनै जवाफ दिनेछैन, र हामीले उनीहरूको बीचमा बर्बादीको माध्यम बनाइदिनेछौं ।
५३) र पापीहरूले नर्कलाई देखेर बुझिहाल्नेछन् कि तिनीहरू त्यसमा हालिनेवाला छन् तर त्यसबाट मुक्त हुने कुनै बाटो पाउने छैनन् ।
५४) हामीले यस ‘‘कुरआनमा’’ मानिसहरूको लागि विभिन्न प्रकारका उदाहरणहरू वर्णन गरेका छौं, तर मानिस सबभन्दा बढी झगडालु छ ।
५५) मानिसहरूसम्म मार्गदर्शन आइसकेपछि तिनीहरूलाई ईमान ल्याउनुबाट र आफ्नो पालनकर्ताबाट क्षमायाचना गर्नुबाट यस कुराले मात्र रोकेको थियो कि अघिका मानिसहरूको जस्तो कुराहरू उनको सामु पनि आओस् वा उनको अगाडि खुल्लारूपमा सजाय आइहालोस् ।
५६) हामीले त आफ्ना रसूलहरूलाई मात्र यसकारण पठाउँछौं, कि तिनीहरूले शुभसन्देश सुनाउन् र डराउन्, तर काफिरहरूले असत्यको सहारा लिई झगडा गर्दछन्, र चाहन्छन् कि त्यसबाट सत्यलाई डगमगाइदिउन्, तिनीहरूले मेरा आयतहरूलाई र जुन कुराले डराइन्छ त्यसलाई उपहास बनाइहालेका छन् ।
५७) त्यसभन्दा ठूलो अत्याचारीको छ, जसलाई उसको पालनकर्ताका कलाम (शब्दहरू) बाट उपदेश गरिन्छ, तैपनि त्यो विमुख भइरहोस्, र जुन कर्महरू उसले अगाडि पठाइसकेको छ, त्यसलाई बिर्सिदेओस् । निःसन्देह हामीले तिनीहरूको हृदयमाथि आवरण हालिदिएका छौं, ताकि यसलाई बुझ्न नसकुन् र कानहरूमा बोझ (पैदा गरिदिएका छौं कि सुन्न नसकुन्) र यद्यपि तपाईले उनीहरूलाई राम्रो बाटोतिर बोलाउँछौ तैपनि तिनी कहिल्यै सही बाटोमा आउने छैनन् ।
५८) र तिम्रो पालनकर्ता ठूलो क्षमादाता र दयावान छ । यदि उसले उनीहरूको क्रियाकलापको लागि सजायको निम्ति तिनीहरूलाई समात्न थाल्ने हो भने तिनीहरूमाथि तुरुन्तै सजाय पठाउन सक्छ तर तिनीहरूको निम्ति एउटा समय (निर्धारित) छ जसबाट तिनीहरू कहिल्यै फुत्कन पाउनेछैनन् ।
५९) यी ती बस्तीहरू हुन्, जसलाई तिनीहरूको अत्याचारको कारण हामीले नष्ट गरिहाल्यौं, र तिनीहरूको विध्वसंको निम्ति पनि हामीले एउटा समय निश्चित गरेका थियौं ।
६०) जब मूसाले आफ्नो युवकसित भने कि म त दुई समुद्रको दोभानमा नपुगुञ्जेल हिंडि नै राख्नेछु, चाहे कैयौ वर्षसम्म किन चल्न नपरोस् ।
६१) जब उनी दुवै समुद्रको संगममा पुगे त त्यहाँ आफ्नो माछा बिर्सिहाले, जसले समुद्रमा सुरुँग जस्तो आफ्नो बाटो बनाइहाल्यो
६२) जब यी दुवै त्यहाँबाट अगाडि बढे तब मूसाले आफ्नो युवकसित भने कि हाम्रो भोजन ल्याऊ, यस यात्राबाट हामीलाई बडो कष्ट उठाउनु परेको छ ।
६३) उसले जवाफ दियो कि के तपाईले हेर्नुभएन ? जब हामी ढुङ्गामा अडेस लिई विश्राम गरिराखेका थियौं त्यहीं नै मैले माछा बिर्सिहालेको थिएँ । वास्तवमा मलाई (तपाईसित) त्यसको चर्चा गर्नुबाट शैतानले बिर्साइदियो । त्यसले अनौठो तरिकाले समुद्रमा आफ्नो बाटो बनाइहाल्यो ।
६४) मूसाले भने यही थियो जसको तलाशमा हामी थियौं । यसर्थ त्यहींबाट आफ्नो खुट्टाका चिन्हहरू हेर्दै फर्किहाले ।
६५) यसरी उनले हाम्रा भक्तहरूमध्ये एउटा भक्त भेट्टाए, जसलाई हामीले आफूकहाँबाट विशेष दया प्रदान गरेका थियौं र आफ्नो तर्फबाट उसलाई विशेष ज्ञान प्रदान गरेका थियौं ।
६६) मूसाले उससित (खिज्रसित) भनेः कि जुन असल ज्ञान तपाईलाई सिकाइएको छ, यदि तपाईले त्यसबाट मलाई सिखाउनुहुन्छ भने म तपाईको सेवा गरिरहन्छु ।
६७) उसले (खिज्रले) भने कि तिमी मेरो साथमा रहेर कदापि धैर्य गर्न सक्दैनौ ।
६८) र जुन कुराको तिमीलाई ज्ञान नै छैन, त्यसको हकमा धैर्य पनि कसरी गर्न सक्दछौ ।
६९) मूसाले भने अल्लाहले चाह्यो भने, तपाईले मलाई धैर्यवान पाउनुहुनेछ र कुनै कुरामा मैले तपाईको आज्ञा उल्लघंन गर्नेछैन ।
७०) उसले (खिज्रले) भनेः यदि तिमी मेरो साथमा रहनै चाहन्छौ भने शर्त यो छ कि, मसित कुनै कुराको बारेमा प्रश्न नसोध्नु जबसम्म कि मैले स्वयं त्यसको चर्चा तिमीसित नगरूँ ।
७१) अनि दुवै हिँडे, जब एउटा डुङ्गामा सवार भए, तब उसले (खिज्रले) डुङ्गाको पटरी तोडिदिए (प्वाल पारिदिए) । मूसाले भनेः के तपाईले त्यसलाई यसकारणले तोड्नुभएको छ कि सवारहरूलाई डुबाइहाल्नुहोस् । यो त तपाईले बडो खतरनाक कुरा गर्नुभो ।
७२) उहाँले (खिज्रले) भने, के मैले पहिला नै तिमीलाई भनेको थिएन, कि तिमीले मेरो साथमा कदापि धैर्य धारण गर्न सक्दैनौ ।
७३) मूसाले भने कि जुन त्रुटि मबाट भएको छ, त्यसबापत मलाई नसमात्नुहोस्, र मेरो कुरामा मलाई संकटमा नपार्नुहोस् ।
७४) फेरि दुवै अगाडि बढे, अनि एउटा केटो भेट्टाए, तब (खिज्रले) उसलाई मारिदिनुभयो । मूसाले भने कि तपाईले एउटा निर्दोष मानिस किन मारिहाल्नुभो जब कि त्यसले कसैको ज्यान लिएको थिएन । तपाईले एकदमै नराम्रो काम गर्नुभयो ।
७५) उनले भने के मैले तिमीलाई भनेको थिएन कि तिमी मेरो साथमा रहेर धैर्य राख्नसक्दैनौ ?
७६) मूसाले भने कि यदि म यसपछि तपाईसित कुनै कुराबारे प्रश्न गरें भने तपाईले मलाई आफ्नो साथमा नराख्नुहोला, निश्चय नै तपाई मतिरबाट क्षमायाचनाको सीमासम्म पुगिसक्नुभो ।
७७) फेरि दुवै अगाडि हिंडे, अनि एक गाउँका मानिसहरूछेउ पुगी तिनीहरूसित खाना माँग्नु भयो तर तिनीहरूले उनीहरूको अतिथि सत्कार गर्नुबाट स्पष्टरूपमा इन्कार गरिदिए, अनि उनीहरूले त्यहाँ एउटा भित्तालाई देखे जुन ढल्न लागेको थियो, तब उसले त्यसलाई ठीक पारिदिए । (मूसाले) भने कि यदि तपाईले चाहेको भए तिनीहरूसँग त्यसको मजदूरी लिनसक्नु हुन्थ्यो ।
७८) उनले भने कि अब यो बिछोड हो तिम्रो र मेरो बीचमा, अब म तिमीलाई ती कुराहरूको वास्तविकता बताउँछु जसबारे तिमीले धैर्य गर्न सकेका थिएनौ ।
७९) त्यो जुन डुङ्गा थियो, त्यो (केही) गरिबहरूको(दरिद्रहरूको) थियो, जसले समुद्रमा डुङ्गा सञ्चालन गरी परिश्रमले जीविका चलाउँदथे, मैले त्यसमा केही तोडफोड गरें किन भने तिनीहरूको अगाडि एउटा राजा थियो जसले प्रत्येक (राम्रो) डुङ्गालाई जबरजस्ती आफ्नो अधीनमा पार्दथ्यो ।
८०) र त्यो जुन केटो थियो त्यसको आमा बाबु दुवै मोमिन थिए, हामीलाई डर लाग्यो कि त्यसले आफ्नो हठपूर्ण विद्रोह र कुफ्रबाट, उनीहरूलाई हैरान नपारोस् ।
८१) तसर्थ हामीले चाह्यौं कि उनीहरूलाई त्यसको सट्टामा उनीहरूको पालनकर्ताले त्योभन्दा पवित्र आचरणको र त्यसभन्दा बढी मायागर्ने छोरा प्रदान गरोस् ।
८२) भित्ताको भेद यो हो कि यस शहरमा दुईवटा अनाथ बालकहरू छन् जसका खजाना यस भित्तामुनि गाडिएका छन्, र तिनीहरूको बाबु बडो असल मानिस थियो । तसर्थ तिम्रो पालनकर्ताको इच्छा थियो कि दुवै अनाथहरूले आफ्नो तन्नेरी अवस्थामा आएर आफ्नो यो सम्पत्ति तिम्रो पालनकर्ताको कृपा र दयाले झिकुन् । मैले आफ्नो स्वेच्छाले त्यो काम गरेको होइन । यो थियो यी घटनाहरूको वास्तविक तथ्य जसबारे तपाईले धैर्य गर्न सक्नुभएन ।
८३) तपाईसित यिनीहरूले ‘‘जुलकरनैनको’’ बारेमा सोधिराखेका छन् । तपाईले भनिदिनुस्ः कि मैले तिनको बारेमा अलिकति पढेर सुनाउँदछु ।
८४) हामीले तिनलाई धरतीमा ठूलो शक्ति प्रदान गरेका थियौं र हामीले उनलाई हरेक सामग्रीको साधन दिएका थियौं ।
८५) ऊ एउटा बाटोमा लाग्यो ।
८६) यहाँसम्म कि सूर्य अस्ताउने ठाउँमा पुग्यो र त्यसलाई एउटा धमिलो पानीको झरनाको मुहानमा अस्ताइराखेको पायो र त्यस झरनाको समीपमा मानिसहरूको एउटा समूह पनि फेला पार्यो । हामीले भन्यौं कि हे जुलकरनैन तिमीले चाहे तिनीहरूलाई कष्ट पुर्याऊ अथवा तिनीहरूसित राम्रो व्यवहार गर । (यी दुवै कुराहरूमा तिमी अधिकार प्राप्त छौ) ।
८७) उनले भने कि जसले अत्याचार गर्दछ त्यसलाई त हामीले पनि सजाय दिनेछौं, अनि आफ्नो पालनकर्तातिर फर्काइने छ र जसले उसलाई कठोर सजाय दिनेछ ।
८८) हो जसले ईमान ल्याए र असल कर्म गरे, त्यसको लागि धेरै राम्रो पुरस्कार छ र हामीले आफ्नो मामिलामा त्यसमाथि कुनै प्रकारको कठोरता गर्ने छैनौं, र हामी आफ्नो आदेशमा सहुलियत प्रदान गर्नेछौं ।
८९) अनि त्यो अर्कै बाटोतिर लाग्यो ।
९०) अनि अन्ततः जब सूर्य उदाउने ठाउँमा पुग्यो, त देख्यो कि त्यो मानिसको यस्तो समूहमाथि उदाइराखेको छ, जसका लागि हामीले त्यसबाट अरु कुनै ओट बनाएका छैनौं ।
९१) घटना यस्तै छ र जे जति उसको सम्बन्धमा छ, हामीलाई सबैको जानकारी छ ।
९२) अनि ऊ अर्कै यात्रातिर लाग्यो ।
९३) अनि दुईटा पर्खालहरूको बीचमा पुग्यो, त देख्यो कि त्यसको अर्कोपट्टि केही मानिसहरू छन् जसले केही कुरा बुझ्न सक्तैनन् ।
९४) तिनीहरूले भने हे जुल्करनैन । याजूज र माजूज यस पृथ्वीमा निकै उपद्रव गरिराखेका छन् । के हामीले तपाईको लागि केही खर्चको व्यवस्था मिलाइदिऔं, कि तपाईले हाम्रो र तिनीहरूको बीचमा एउटा पर्खाल बनाइदिनु हुन्छ ?
९५) (जुलकरनैनले) भने कि मेरो पालनकर्ताले मलाई सामथ्र्यको रूपमा जे प्रदान गरेको छ, त्यही नै प्रशस्त छ, तिमीले मात्र आफ्नो शक्ति सामग्रीबाट मेरो मद्दत गर ताकि म तिमीहरू र उनीहरूको बीचमा एउटा बलियो पर्खाल खड़ा गरूँ ।
९६) तिमीले फलामको पाता ल्याइदेऊ । दुवै पहाडको बीचको ठाउँमा पर्खाल बनाइसकेपछि आदेश गरे कि आगोलाइ तीव्र पार, जसबाट ती फलामका पाताहरू पूर्णरूपले आगोको रूपमा परिणित भए, त्यसपछि भने कि मेरो पासमा ल्याऊ त्यसमाथि पग्लेको ताम्बा हालिदिऊँ ।
९७) अनि त्यसपछि तिनीहरूमा न त्यस पर्खालमाथि चढ्ने क्षमता थियो नत त्यसमा कुनै प्रकारको प्वाल पार्न सक्दथे ।
९८) भने कि यो मेरो पालनकर्ताको कृपा हो । जब मेरो पालनकर्ताको वचन आउँछ तब त्यसले यसलाई ध्वस्त पारिदिने छ । र मेरो पालनकर्ताको वचन सत्य र यथार्थ छ ।
९९) त्यस दिन हामीले तिनीहरूलाई एकआपसमा आक्रमण गर्न छाडी दिनेछौं र सूर (तुरही) फूँकिनेछ, अनि हामीले सबैलाई एकत्रित गरी एक ठाउँमा जम्मा गरिहाल्ने छौं ।
१००) त्यस दिन हामीले नर्कलाई काफिरहरूको अगाडि ल्याइदिने छौं ।
المراجعات
لا توجد مراجعات بعد.